गोरखा बजारबाट २० किलोग्राम पटका बरामद
नेपालखोज
२०८२ कार्तिक १ गते २१:५२

गोरखा । प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ । गोरखा बजारको विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा सो परिमाणको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पटका बिक्रीवितरण तथा प्रयोग नगर्न÷नगराउन यसअघि प्रहरीले पटकपटक सूचना जारी गरेको थियो ।
शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सो सूचना गरिएको जनाउँदै प्रहरीले पुनट पटका राख्ने तथा पट्काउने गरेरनगरेको चेकजाँच र खानतलासी गरिने जनाएको छ । त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रहरी उपरीक्षक भरत विकले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया