चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार सङ्गठनको पदबाट हटाइए

बेइजिङ । वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा चीनका स्थायी प्रतिनिधि ली चेङ्गाङलाई पदबाट हटाइएको छ ।
यो निर्णय अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उनलाई ‘अस्थिर’ भनेर टिप्पणी गरेको केही दिनपछि आएको हो । यसको जानकारी सोमबार चिनियाँ राज्य सञ्चारमाध्यमहरूले दिएका छन् ।
अमेरिकी अर्थमन्त्री बेसेन्टले गत बुधबार सिएनबिसीसँगको अन्तर्वार्तामा उक्त प्रसङ्ग सार्वजनिक गर्दै उनको व्यवहारलाई ‘अलिक कमजोर र अस्थिर’ भन्दै टिप्पणी गरेका थिए ।
सोमबार चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले राजदूत नियुक्ति तथा परिवर्तनहरूको सूची प्रकाशित गर्दै महामहिम लीलाई विश्व व्यापार संगठनमा स्थायी प्रतिनिधिको जिम्मेवारीबाट हटाइएको पुष्टि गरेको छ।
तर यो कदम अमेरिकाको आलोचनासँग प्रत्यक्ष रूपमा सम्बन्धित छ वा छैन भन्ने प्रश्नमा बेइजिङस्थित विदेश मन्त्रालयले
विश्वका दुई ठूला अर्थतन्त्र चीन र संयुक्त राज्य अमेरिका पछिल्ला महिनाहरूमा कर वृद्धि र व्यापारिक तनाव घटाउने प्रयासमा रहेका छन् । यही उद्देश्यका साथ दुवै देश आउँदो हप्तामा नयाँ चरणको व्यापार वार्ता सुरु गर्न सहमत भएका छन् ।
यसबीच, बेइजिङले यस महिना दुर्लभ पृथ्वी (खनिज तत्व) उद्योगमा व्यापक नियन्त्रण गर्ने नीति घोषणा गरेको छ । यसको प्रतिक्रियास्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने आयातमा १०० प्रतिशतसम्म कर लगाउने चेतावनी दिनुभएको छ ।
अप्रिलमा अमेरिकाले उठाएको यस्तै कदमपछि बेइजिङले पनि अमेरिकी जहाजहरूका लागि ‘विशेष बन्दरगाह शुल्क’ लागू गरेको थियो । सोहि नीति अन्तर्गत गत हप्ता प्रतिशोधात्मक बन्दरगाह शुल्क पनि औपचारिक रूपमा लागू गरिएको छ ।








प्रतिक्रिया