सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेणा मिलोस् : पूर्वराष्ट्रपति भण्डारी

नेपालखोज २०८२ कार्तिक ४ गते १२:१५

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको उज्यालोले सबैलाई सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

तिहार पर्व-२०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै नेपालीहरूको महान पर्व तिहारको पावन अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

‘मुलुक हाल अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको यस कठिन घडीमा, तिहारजस्ता पर्वहरूले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ, ‘हामी बीच रहेका जस्तोसुकै मतभेद वा वैमनश्यताको पनि शान्तिपूर्ण संवाद, सहकार्य र जनअभिमतको माध्यमबाट समाधान खोज्न सकिन्छ भन्ने प्रेरणा यो उज्यालो पर्वले सबैलाई प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

तिहारसँग अभिन्न रूपमा जोडिएको देउसी-भैलो खेल्ने परम्परा विशुद्ध नेपाली मौलिक संस्कृति भएको र जसले समाजमा एकता तथा भाइचारालाई प्रगाढ बनाउने सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया