सोमबार, मंसिर २९, २०८२

पेस्तोलसहित एकजना पक्राउ

नेपालखोज २०८२ कार्तिक ६ गते १२:५३

पाटन (ललितपुर) । ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका-१ का शिवकुमार बिकलाई पेस्तोल र रु चार लाख अठहत्तर हजारसहित पक्राउ गरिएको जानकारी दिए ।

खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक हाल ललितपुर महानगरपालिका-२३ धापाखेलमा बस्दै आएका थिए । विकले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीय खबर गरेपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले शङ्काका आधारमा जाँच गर्दा ५००००४९१ नम्बरको म्याग्जिनसहितको गोली नभएको चाइनिज पेस्तोल थान-१, नगद र मोबाइल फोन पनि बरामद भएको छ ।

विकलाई हाल नियन्त्रणमा लिइ अनुसन्धान सुरु भएको उनले बताए ।

प्रतिक्रिया