थाई एशियाको भैरहवा-बैंकक उडान सुरु

नेपालखोज २०८२ कार्तिक ९ गते १४:४५

भैरहवा (रुपन्देही) । थाई एशिया एयरले बैंकक-भैरहवा-बैंकक उडान आजदेखि पुन:सुरु गरेको छ ।

आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२:०० बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

साथै भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १:१५ बजे पुन: बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

उनका अनुसार एयरलाइनले बैंकक-भैरहवा-बैंकक मार्गमा हप्तामा दुईपटक उडान गर्नेछ । एयरलाइन्सले प्रत्येक साता आइतबार र बुधबारका लागि नियमित उडानका लागि अनुमति पाएको छ ।

प्रतिक्रिया