सुनको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८२ कार्तिक ११ गते ११:२७

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २९०० रुपैयाँले घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो । सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको थियाे ।
यसैबिच मंगलबार चाँदीको मूल्य समेत घटेको छ । सोमबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया