सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८२ कार्तिक १२ गते ११:२०

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबार ७०० रुपैयाँ घट्दै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको हो । मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको थियाे ।
यसैबिच बुधबार चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य बुधबार भने बढेर तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको हो । मंगलबार तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित

प्रतिक्रिया