वनहरा नदीमा २५ करोड ९६ लाख भन्दा बढी लागतमा पक्की पुल निर्माण हुँदै

नेपालखोज २०८२ कार्तिक १४ गते ११:१९

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ ।

दुवाहा-दमलपट्टी-चित्रपुर जोड्ने पुल २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ । हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए ।

पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम पनि जारी छ । ‘नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ’, इन्जिनियर चन्दले भने ।

आगामी मङ्सिरभित्र काम पूरा गर्ने लक्ष्य उनले सुनाए ।

प्रतिक्रिया