सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

नेपालखोज २०८२ कार्तिक १४ गते ११:३६

काठमाडौं । सुनको मूल्य प्रतितोला दुई हजार सात सय बढेको छ ।

बिहीबार प्रतितोला दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ८० ले बढेर तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया