पहिरोले गोरूसिङ्गे सन्धिखर्क सडक अवरुद्ध
नेपालखोज
२०८२ कार्तिक १४ गते १९:२४

अर्घाखाँची । लगातारको झरीले रिब्दीमा पहिरो जाँदा गोरूसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको छ ।
गोरूसिङ्गे सन्धिखर्क खण्डअन्तर्गत सन्धिखर्क नगरपालिका–६ नरपानीदेखि घुम्टी नजिक रिब्दी भन्ने स्थानमा पहिरो खसेको कारण सडक अवरूद्ध भएको हो । अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया