कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन पेस

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज आठौँ वार्षिक प्रतिवेदन बुझाएको छ ।
प्रदेश प्रमुख खापुङलाई मुख्य न्यायाधिवक्ता नारायण बस्तीले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्तसम्बन्धी ऐन, २०७५ को दफा १२ को उपदफा (१) बमोजिम कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै जनताले न्याय पाएको अनुभूति गर्न सके मात्र समाजमा द्वन्द्व घट्दै जाने भएकाले कानुन कार्यान्वयनलाई प्राथमिकता दिन आग्रह गरे। उनले सामाजिक सद्भाव र मेलमिलाप कायम गराउन जनताको न्यायमा पहुँच सहज हुनुपर्ने विचार राखे ।
मुख्य न्यायधिवक्ता बस्तीले सो कार्यालयको प्रगति समीक्षा प्रस्तुत गरेका थिए । प्रदेश प्रमुखको कार्यालयका सचिवसहित कर्मचारीहरू र मुख्य न्यायधिवक्ताको कार्यालयका कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया