पाँच लाखभन्दा बढी सिरियाली शरणार्थी टर्कीबाट स्वदेश फर्किए

इस्तानबुल । गत डिसेम्बरमा बशर अल–असदको पतनपछि टर्कीमा रहेका करिब पाँच लाख ५० हजार सिरियाली शरणार्थी स्वदेश फर्किएका छन् ।
करिब पाँच लाख ५० हजार सिरियाली शरणार्थी स्वदेश फर्किएका तर अझै लगभग २४ लाख सिरियाली शरणार्थीहरू टर्कीमा रहेको टर्कीका आन्तरिक मन्त्री अली येरलिकायाले शनिबार बताएका छन्।
सिरियामा चलेको गृहयुद्धका कारण कुनै समय सिरियाबाट टर्कीमा आई काम गर्ने वा शरणार्थीका रूपमा बस्ने सिरियालीको सङ्ख्या ३५ लाख थियो।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले शुक्रबार भनेको छ, सन् २०२४ डिसेम्बर ८ मा असदको शासन पतनपछि ११ लाख ६० हजार सिरियालीहरू देश फर्किएका छन् र आन्तरिक रूपमा विस्थापित लगभग १९ लाख व्यक्तिहरू आफ्नो घर फर्कन सफल भएका छन्।
संयुक्त राष्ट्रसङ्घका अनुसार अझै ७० लाखभन्दा बढी सिरियालीहरू आन्तरिक रूपमा विस्थापित भइरहेका छन् र करिब ४५ लाख शरणार्थी विदेशमा रहेका छन् ।








प्रतिक्रिया