सुनको मूल्य सामान्य वृद्धि
नेपालखोज
२०८२ कार्तिक १६ गते ११:११

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला ७०० ले बढेको छ भने चाँदी प्रतितोला पाँचले घटेको छ ।
गत शुक्रबार तोलाको दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला तीन हजार ५५ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया