मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता
नेपालखोज
२०८२ कार्तिक २० गते १६:५५

नेपालगञ्ज । बाँकेमा फोटोसहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ । हालसम्म चार हजार १९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ६० प्रतिशत हाराहारीमा युवा पुस्ता रहेको जानकारी दिए । उले निर्वाचन कार्यालयमा दैनिक दुई सयकोे हाराहारीमा नाम दर्ता भइरहेको बताए ।
बाँकेमा तीन लाख ३३ हजार ९३४ मतदाता छन । सो मतदातामध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य छन् ।
सम्बन्धित

प्रतिक्रिया