बुधबार, पुष ९, २०८२

बिया विश्वकै सबैभन्दा वृद्ध जीवित राष्ट्रपति, क्यामरुनको राष्ट्रपतिमा आठौँ कार्यकालको लागि शपथ ग्रहण

नेपालखोज २०८२ कार्तिक २० गते २१:३५

काठमाडौं । विगत ४३ वर्षदेखि क्यामरुनमा राष्ट्रपति रहेका पल बियाले बिहीबार आठौं कार्यकालको लागि शपथ लिएका छन् । यस बर्षको निर्वाचनमा ठूलो विरोध प्रदर्शन दमनपछि उहाँले ५३.७ प्रतिशत मत प्राप्त गरी विजय भएका थिए ।

विश्वकै सबैभन्दा वृद्ध राष्ट्रप्रमुख बन्न सफल ९२ वर्षीय बियाले अक्टोबर १२ मा भएको मतदानमा बहुमत प्राप्त भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको थियो । उनका निकटतम प्रतिद्वन्द्वी पूर्व मन्त्री इस्सा चिरोमा बाकारीले ३५.२ प्रतिशत मत प्राप्त गरे ।

मध्य अफ्रिकी देशको नेतृत्वमा नयाँ सात वर्षे कार्यकालको लागि क्यारूनको संसद्मा आयोजित एक समारोहबचि उहाँले सपथ ग्रहण गरे ।

‘म यो विश्वासको योग्य बन्न कुनै कसर बाँकी राख्ने छैन,’ बियाले स्थानीय राजनीतिक व्यक्तित्वहरू उपस्थित भएको भेलालाई सम्बोधन गर्दै सपथ ग्रहण कार्यक्रमपछि भने ।

पूर्व बिया सहयोगीबाट विपक्षी व्यक्ति बनेका टिचिरोमाले परिवर्तनको लागि उत्सुक युवा मतदाताहरूमा अप्रत्याशित उत्साह जगाएका थिए र उनले मतदानबाट आफू वास्तविक विजेता आफू भएकोमा जोड दिए ।

प्रतिक्रिया