सर्वसाधारणलाई सहज र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै शुक्र हाउस

काठमाडौं । राजधानी काठमाडौंमा स्थापित शुक्र हाउस अफ डायग्नोस्टिक एण्ड वेलनेस सेन्टर प्रा.लि. (Sukra House of Diagnostic & Wellness Center Pvt. Ltd.) ले छोटो अवधिमै स्वास्थ्य परीक्षण र रोग निदानका क्षेत्रमा उल्लेखनीय विश्वास हासिल गर्न सफल भएको छ ।
सन् २०२२ मा स्थापना भएको यस संस्थाले अत्याधुनिक प्रविधियुक्त उपकरण, दक्ष स्वास्थ्यकर्मी र आधुनिक व्यवस्थापन प्रणालीमार्फत सर्वसाधारणलाई सहज र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
संस्थाका अनुसार शुक्र हाउसले प्रयोगशालामा विश्वस्तरका उपकरण प्रयोग गरी विभिन्न स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्दै आएको छ। नियमित स्वास्थ्य परीक्षण, हेमाटोलोजी, बायोकेमिस्ट्री, इम्युनोलोजी लगायतका सम्पूर्ण परीक्षणहरू यस केन्द्रमा उपलब्ध छन् ।
संस्थाले आफ्नो सेवा पारदर्शी र प्रमाणिक बनाउन ISO 15189:2022 र ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको जनाएको छ। यसले सेवा, दक्षता र विश्वसनीयताको नयाँ मापदण्ड स्थापना गरेको बताइएको छ ।
शुक्र हाउसले स्वास्थ्य परीक्षणसँगै जनचेतनामूलक अभियान पनि सञ्चालन गर्दै आएको छ । फेसबुक, युट्युब, टिकटक, लिंक्डइन लगायतका सामाजिक सञ्जालमार्फत स्वास्थ्य सम्बन्धी सन्देश प्रसार गर्दै जनस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने प्रयास भइरहेको संस्थाले जनाएको छ ।
संस्थाका प्रमुख प्राविधिक तथा प्रबन्ध निर्देशकले नियमित रूपमा चिकित्सक परामर्श, स्वास्थ्य शिक्षा र अनुसन्धानसम्बन्धी कार्यलाई पनि प्राथमिकता दिएको उल्लेख छ ।
संस्थाले निकट भविष्यमा थप शाखा विस्तार गर्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया