नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीलाई देश र नागरिकको सेवा र सुरक्षामा समर्पित रहने निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालमा सञ्चालिन सिसं १७ (क) आधारभूत तालिमको दीक्षान्त समारोहमा महानिरीक्षक अर्यालले सो कुरा बताएका हुन् । उनले जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको सानो गल्तीले व्यक्तिगतमात्र नभई सङ्गठनको छविमा समेत आँच आउने हुँदा हरेक कदममा अनुशासित, विवेकपूर्ण, संयमता र जिम्मेवार भई अघि बढ्नसमेत निर्देशन दिएका हुन् ।
दीक्षान्त समारोहमा महानिरीक्षक अर्यालले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थी अधिकृतलाई हार्दिक बधाई दिँदै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरी पुरस्कृत हुने प्रशिक्षार्थीलाई हार्दिक बधाई दिनुका साथै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।
उनले सीमित स्रोत साधनका बाबजुद अहोरात्र खटिई नागरिक जीवनमा रहेकाहरूलाई समर्पित राष्ट्रसेवक बनाउन अथक प्रयास र मेहेनतको मुक्तकण्ठले प्रशिक्षक वर्गको प्रशंसा गर्दै आफ्ना सन्ततिहरूलाई राष्ट्र सेवाको उच्च मार्गमा पुर्याउने सम्पूर्ण अभिभावकप्रति हार्दिक आभार प्रकट गरे ।

प्रतिक्रिया