बुधबार, पुष ९, २०८२

सन् २०२५ मा जर्मनी पुग्ने सिरियाली आप्रवासीको सङ्ख्या ५० प्रतिशतले कमी

नेपालखोज २०८२ कार्तिक २१ गते २२:०४

काठमाडौं । सन् २०२५ को पहिलो नौ महिनामा सिरियाली नागरिकहरूको जर्मनीमा आप्रवासनमा गत वर्षको सोही अवधिको तुलनामा ४६.५ प्रतिशतले गिरावट आएको जर्मनीको संघीय तथ्याङ्क कार्यालय (डेस्टाटिस) ले शुक्रबार जनाएको छ ।

कार्यालयका अनुसार, जनवरी र सेप्टेम्बर २०२५ को बीचमा लगभग ४० सिरियालीहरू जर्मनी आइपुगेका थिए । यो सङ्ख्या सन् २०२४ को सोही अवधिमा ७४ हजार ६०० थियो ।

यसैबीच, जर्मनी छोड्ने सिरियालीहरूको सङ्ख्या ३५.३ प्रतिशतले बढेको छ, यो वर्षको पहिलो नौ महिनामा २१ हजार ८०० सिरियाली आप्रबासी जर्मनीबाट स्वदेश फर्किएका छन् ।

जर्मनीमा सन् २०२४ को अन्त्यमा सुरक्षा खोज्ने सिरियालीहरू युक्रेनी शरणार्थीपछि धेरै रहेका थिए ।

यसैबीच, जर्मन चान्सलर फ्रेडरिक मर्जले बिहीबार एक विज्ञप्तिमा सिरियामा गृहयुद्ध समाप्त भएको र जर्मनीमा सिरियालीहरूलाई शरण दिने कुनै आधार नभएको बताए ।

प्रतिक्रिया