विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखेपछि मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

नेपालखोज २०८२ कार्तिक २२ गते १८:४३

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् । शनिबार आज मधेस प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखेपछि उनले राजीनामाको घोषणा गरेका हुन् ।

प्रदेशसभामा छलफलका क्रममा नेकपा (माओवादी केन्द्र)का सांसद रहबर अन्सारी र माला कर्णले सोनललाई विश्वासको मत दिन नसक्ने बताएका थिए ।

प्रतिक्रिया