मुठभेट निम्त्याउन युवाहरूलाई उक्साउँदै ओली

नेपालखोज २०८२ कार्तिक २३ गते १७:०८

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले बङ्गलादेश र म्यानमारमा अधिनायकवादीहरूले चुनाव गर्ने नाममा त्यसको मिति सार्दै गएको दृष्टान्त पेस गर्दै नेपालमा पनि सोही त्यही सिलसिला दोहोर्‍याउन खोजिएको जिकिर गरे ।

‘हामीले यसरी गर्दैर्छौ स्वीकृति दिनुहोस् भन्नुहोस्,’ ओलीले भने, ‘स्वीकृत दिनु हुन्न भने स्वीकृति चाहन्न सडकमा उत्रनुस् । संविधान भन्दा सीडीओको आदेश माथि हुँदैन ।’

प्रतिक्रिया