नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरु निर्वाचन आयोगमा बुझायाे

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरु निर्वाचन आयोगमा बुझाएको छ । आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाइएको हो ।
नेपाली कम्युनिस्ट पार्टी आवद्ध दलका प्रतिनिधिहरुले विधान, माइनुट, नयाँ पार्टीको घोषणापत्र लगाएतका कागजात बुझाइएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । सवै कागजात पुरा गरेर आयोगलाई दिएको भन्दै छिटै दल दर्ताको प्रमाणपत्र प्राप्त हुने उनले बताए ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले पार्टीले निरन्तर कम्युनिष्ट एकतालाई जारी राख्ने बताए । जनार्दन शर्मा, घनश्याम लगाएत लगाएत कम्युनिष्ट नेताहरु एउटै बाटोमा रहेपनि आफुहरु मूल बाटोमा लाग्दा जनार्दन र घनश्याम घुम्तीमा नै अल्मलिएको उनले बताए । उनले सवै नेताहरुलाई एकतामा सहभागी हुन आह्वान समेत गरे ।
उनले छुटेका नेताहरु पनि एक दिन कम्युनिष्ट एकतामा आउने विश्वास व्यक्त गरे । माओवादी, नेकपा एकीकृत समाजवादी लगाएत १० बामपन्थी दलबीचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले यसअघि नै दल दर्ताका लागि आयोगमा निवदेन दिएको थियो । दल दर्ताका लागि केहि कागजात अपुग भएपछि आयोगले माग गरे बमोजिमको कागजात सो पार्टीले उपलव्ध गराएको हो ।

प्रतिक्रिया