भीम रावल नेतृत्वको अभियान र नेकपाबिच ७ बुँदे सहमति

नेपालखोज २०८२ कार्तिक २६ गते १३:५५

काठमाडौँ । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच ७ बुँदे सहमति भएको छ ।

नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा आयोजिक एक कार्यक्रमबिच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिसँगै आजै राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट रावल नेकपामा समाहित हुनेछन् ।

सहमति अनुसार दुवै पक्षले आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र महाधिवेशनको मिति तथा स्थान सचिवालयले छिट्टै निर्धारण गर्ने निर्णय गरेका छन् । महाधिवेशनमार्फत एकीकृत पार्टीको संरचना, नीति तथा नेतृत्वलाई संस्थागत गरिने सहमति भएको छ ।

प्रतिक्रिया