‘पार्टी एकता राष्ट्र बचाउने ऐतिहासिक आवश्यकता’
नेपालखोज
२०८२ कार्तिक २६ गते १८:३२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताले राष्ट्र बचाउने ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान नेपालबीचको पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले देश अहिले असाधारण संकटमा परेको बताएका हुन् ।
उनले आज भएको समायोजनले एकता प्रक्रियालाई सापेक्षित रूपमा पूर्णतातिर अघि बढाएको बताए । साथै उनले नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको आत्मसम्मान, नेपालको भौगोलिक अखण्डता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, आफ्नो बारेमा फैसला आफैंले गर्न पाउने अधिकार रक्षाका लागि एकता गर्न आवश्यक रहेको बताए ।
सम्बन्धित

प्रतिक्रिया