भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीद्वारा राजीनामा

नेपालखोज २०८२ कार्तिक २६ गते २१:३७

किएभ । भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्रीद्वारा राजिनामा दिएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्ना न्याय र ऊर्जा मन्त्रीहरूलाई देशको युद्धग्रस्त ऊर्जा क्षेत्रमा व्यापक भ्रष्टाचार गरेको आरोपपछि राजीनामा दिन आग्रह गरेका थिए ।

जेलेन्स्कीका एक प्रमुख सहयोगीसमेत रहेका उनले रकम निकाल्न १०० मिलियन डलरको आर्थिक हिनाविनाको योजना बनाएका अन्वेषकहरूले आरोप लगाएका छन् ।

रूसी आक्रमणको कारण व्यापक बिजुली अभावको सामना गरिरहेको युक्रेनमा विभागीय मन्त्रीको भ्रष्टाचार काण्ड बाहिरिएपछि सार्वजनिक आक्रोश उत्पन्न गरेको छ ।

युक्रेन लामो समयदेखि भ्रष्टाचारले ग्रस्त छ र भ्रष्टाचारमाथि कडाइ गर्नु युरोपेली सङ्घमा सामेल हुने प्रयासको प्रमुख आवश्यकताको रूपमा हेरिएको छ । -रासस/एएफपी

प्रतिक्रिया