लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो
नेपालखोज
२०८२ कार्तिक २७ गते १४:४५

काठमाडौं । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा खड्का ल्याड डेभलपर प्रालिले निर्माण गरेको संरचनालाई काठमाडौं महानगरपालिकाले भत्काएको छ ।
स्काउटले बाँकी वक्यौता तिर्न यही कात्तिक २० गते उक्त कम्पनीलाई सातदिने सूचना जारी गरेको थियो । उक्त कम्पनीले बुधबारसम्म बक्यौता नतिरेपछि स्काउटले ती संरचना हटाइदिन काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको थियो ।
स्काउटको अनुरोधमा महानगर प्रहरी बलको टोली आज ती संरचना भत्काएको महानगरीय प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले राससलाई जानकारी दिए । स्काउटका जग्गामा रहेका पार्टी प्यालेस, रेष्टुरेन्टलगायत संरचनाको नक्शा पाससमेत नरहेको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया