प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेद्वारी मनोनयन माघ ६ गते गर्ने निर्वाचन आयोगकाे प्रस्ताव
नेपालखोज
२०८२ कार्तिक २७ गते १८:२४

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेद्वारी मनोनयन आगामी माघ ६ गते गर्ने प्रस्ताव गरेकाे छ । फागुन २१ गते हुने निर्वाचनको कार्यतालिकाबारे बिहीबार दलहरूसँगको छलफलमा आयोगले उक्त मिति प्रस्ताव गरेको हो ।
तर, प्रस्तावित मितिमा दलहरूले सहमति नजनाएपछि फेरि छलफल गर्ने जवाफ आयोगले दिएको छ । समानुपातिकतर्फको उम्मेद्वारीको बन्दसूची पेस गर्ने मिति पुस १८ र १९ यसअघि नै सार्वजनिक भइसकेको छ ।
सम्बन्धित

प्रतिक्रिया