सोमबार, पुष ७, २०८२

यस्ताे छ एनपीएल दोस्रो संस्करणका निम्ति टिकट मूल्य

नेपालखोज २०८२ कार्तिक २७ गते २१:०८

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति टिकट मूल्य सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, समर्थकहरूले उद्घाटन खेल हेर्नका निम्ति सामान्यतर्फ ५०० र प्रिमियमतर्फ १५ सय रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै, अन्य दिनमा खेल हुँदा सामान्यतर्फ ५०० र प्रिमियममा एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसैगरी प्लेअफ र फाइनलका निम्ति भने सामान्यतर्फ नै एक हजार र प्रिमियमतर्फ दुई हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

सिजन पासको १५ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिताको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने तालिका छ ।

प्रतिक्रिया