सन्तोष परियारद्वारा रास्वपा परित्याग

नेपालखोज २०८२ कार्तिक २८ गते १५:३४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सचिवालय सदस्य तथा पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गरेका छन् ।

विघटित प्रतिनिधिसभाको रास्वपाकातर्फबाट प्रमुख सचेतकको जिम्मेवारीमासमेत रहेका परियारले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र बुझाएका हुन् ।

‘बदलिंदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु’, उनले राजीनामा पत्रमा भनेका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाले परियारले परियारले पार्टी छोडनु भएको जानकारी दिँदै उनको आगामी यात्राका लागि शुभकामना दिएका छन् । यसअघि रास्वपाकातर्फबाट शिक्षामन्त्री बनेका सुमना श्रेष्ठले पनि पार्टी परित्याग गरेका थिए ।

प्रतिक्रिया