‘युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको छ’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको बताएकी छन् ।
युवाको भावना र आवश्यकता सम्बोधन गर्दै रचनात्मक मार्गतर्फ अग्रसर गराउनुपर्नेमा उनको जोड छ । युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्ने क्रममा उनले युवाको भावना राज्यले नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको र अब राज्यले सम्बोधन गर्नैपर्ने बताएकी हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रममा युवा परिषद्का अध्यक्षका हैसियतले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरे ।
युवामा सुधार ल्याउने र रचनात्मक मार्गतर्फ डोहोर्याउने कर्तव्य राज्यकै हुने उनको भनाइ थियो ।
हालसालै बनेको युवा नीतिले १८ देखि ३५ वर्ष उमेर समूहको जनसङ्ख्यालाई युवामा परिभाषित गरेको छ । यस समूहमा एक करोड २४ लाख जनसङ्ख्या छ, जुन कुल जनसङ्ख्याको ३० प्रतिशत हो ।

प्रतिक्रिया