धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
नेपालखोज
२०८२ कार्तिक २८ गते २१:२२

धनुषा । मिथिला बिहारी नगरपालिकाका-१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ ।
आज साँझ अपरिचित व्यक्तिले गोली प्रहार गरी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए ।
प्रहरीका अनुसार गोली प्रहारबाट गम्भीर घाइते वडाध्यक्ष यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको थियो । अस्पालमा ल्याउने वित्तिकै चिकित्सकले उनीलाई मृत घोषित गरेका थिए ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया