आज देशैभरि नेकपा एमालेले जनसभा गर्ने
नेपालखोज
२०८२ कार्तिक २९ गते ९:५८

काठमाडौं । नेकपा एमालेले आज देशैभर जनसभा गर्दैछ । ‘प्रतिगामी षडयन्त्र’विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत अधिकांस जिल्लाका सदरमुकाम वा ठूला शहरमा जनसभा गर्न लागेको हो ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्लामा खटिएका छन् ।
एमालेले जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन गरिरहेको छ । पहिलो चरणमा कात्तिक २२ गते देशैभर वडा भेला भएका छन् । कात्तिक २५ गते अधिकांश पालिकामा जनप्रदर्शन तथा र्याली गरिएको छ । तेस्रो चरणको कार्यक्रम अन्तर्गत आज सबै जिल्लामा जनसभा हुँदैछ । मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा गरेर समापन गरिने छ ।
आजको जनसभामा महासचिव शंकर पोखरेलले नेपालगञ्जमा सम्बोधन गर्नेछन् ।
सम्बन्धित

प्रतिक्रिया