सुनको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८२ कार्तिक ३० गते ११:१३

काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबार घटेर तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो । शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएकाे थियाे ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आइतबार घटेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित

प्रतिक्रिया