चितवनविरुद्ध कर्णालीका प्रियांकले हाने अर्धशतक
नेपालखोज
२०८२ मंसिर २ गते १२:५९

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सका ओपनर प्रियाङक पञ्चलले अर्धशतक पूरा गरेका छन् ।
उनले दशौँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन् । उनले २८ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको कर्णालीले १० ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ८२ रन बनाएर खेलिरहेको छ ।
क्रिजमा प्रियाङक पञ्चल ६० र मार्क वाट १ रनमा अविजित छन्। अर्का अोपनर म्याक्स ओ डाउड २० रन बनाउँदा सैफ जैवको कलबमा बोल्ड आउट भए ।
सम्बन्धित








प्रतिक्रिया