आइतबार, पुष ६, २०८२

एनपीएल : सुदूरपश्चिम रोयल्स र काठमाडाैं गोर्खाज भिड्दै

नेपालखोज २०८२ मंसिर ३ गते ६:१५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र काठमाडाैं गोर्खाज भिड्दै छन् ।
 
प्रतियोगितामा काठमाडाैंको यो दोस्रो खेल हो । काठमाडाैंले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएकाे थियो । यता, सुदूरपश्चिको भने यो पहिलो खेल हो ।
 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा हालसम्म तीन खेल सम्पन्न भइसक्दा काठमाडाैंसँगै चितवन राइनोज र विराटनगर किंग्सले जित निकालेका छन् । 

प्रतिक्रिया