म्यान्मामा अनलाइन ठगीविरुद्ध कडा कारबाहीः सयौं पक्राउ

याङगुन । म्यान्मा सेनाले बुधबार थाइल्याण्ड सीमा नजिकै रहेको अनलाइन ठगी केन्द्रमा छापा मारेको र करिब ३५० जनालाई गिरफ्तार गरेको जनाएको छ । यो कदम देशभर फैलिएको अवैध अनलाइन ठगी कारोबारमा उच्च–प्रोफाइल कदमको रूपमा लिन सकिन्छ ।
सशस्त्र सङ्घर्ष प्रभावित सिमावर्ती क्षेत्रहरुमा फैलिएका यी ठगी केन्द्रहरूले अनलाइन जुवा ठगीमार्फत वार्षिक रूपमा अर्बौं डलरको नोक्सान पुर्याउँदै आएका छन् । सेनाले श्वे कोको क्षेत्रमा गरिएको छापामा करिब १० हजार मोबाइल फोन पनि बरामद गरेको छ ।
विश्लेषकहरूका अनुसार म्यान्मा सेनाले यस्ता कार्यहरू लामो समयदेखि नजरअन्दाज गर्दै आएको भए पनि, यस पटकको कारबाही चीनको दबाबका कारण पनि भएको देखिन्छ, जसका नागरिकहरू ठगीमा संलग्न र पीडित दुवै बनेका थिए ।
सरकारले ठगी केन्द्रहरू सञ्चालन गर्न सशस्त्र विपक्षी समूह जिम्मेवार रहेको आरोप लगाएको छ । यस क्षेत्रलाई चिनियाँ–क्याम्बोडियाली व्यवसायी शे झिजियाङको यताइ कम्पनीले चलाएको बताइएको छ, जसलाई हाल चीनमा ठगी र अनलाइन जुवा सम्बन्धी आरोपमा पक्राउ गरिएको छ ।
नजिकैको केके पार्कमा ६०० भन्दा बढी भवनहरू ध्वस्त गरिएको छ भने फरवरीमा गरिएको छापामा सात हजार भन्दा बढी संदिग्ध ठगहरू देश फिर्ता पठाइएको थियो ।








प्रतिक्रिया