आइतबार, पुष ६, २०८२

फ्लाईदुबईले बोइङसँग १३ अर्ब डलर बराबरका ७५ विमान खरिद्का लागि सम्झौता

नेपालखोज २०८२ मंसिर ३ गते २०:०१

बई । कम लागतको एयरलाइन्स फ्लाईदुबईले बुधबार बोइङसँग १३ अर्ब डलर मूल्यको ७५ वटा ७३७ म्याक्स विमानको लागि सम्झौता गरेको बताएको छ । दुबईको विमान कम्पनी फ्लाईदुबई समूहले आफ्नो सेवा विस्तारका लागि दुई दिनमा बोइङ र एयरबसबाट २०० भन्दा बढी विमानहरूको लागि प्रारम्भिक अर्डर घोषणा गरेको छ ।

कुल १३ अर्ब अमेरिकी डलर मूल्यका ७५ वटा ७३७ म्याक्स विमानहरूका लागि र थप ७५ विमानहरूको विकल्पका लागि दुबै पक्षले ‘दुबई एयरशो’ मा एक समझदारी पत्रमा हस्ताक्षर गरेका समूहले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । फ्लाईदुबईले यसपहिले नै ९० भन्दा बढी बोइङ ७३७ विमानहरू सञ्चालन गरिरहेको छ ।

यो सम्झौता अमेरिकी विमान निर्माताका लागि प्रोत्साहन हो किनकि यसले घातक दुर्घटनाहरू, अदालती मुद्दाहरू र यसको रक्षा शाखामा हड्ताल, साथै डेलिभरी ढिलाइजस्ता आरोप लागिरेको कष्टप्रद अवधिमा आफ्नो व्यवसायलाई ठूलो आर्थिक योगदान मिलेको छ । फ्लाईदुबईले मङ्गलबार आफ्नो प्रारम्भिक एयरबस अर्डर घोषणा गरेको हो ।

कम्पनीले यो र सन् २०३१ देखि डेलिभर हुने २४ अर्ब डलरको १५० ए३२१ नियो जेटहरूको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। बोइङले तेस्रो त्रैमासिकमा गत महिनाको अन्त्यमा ५.४ अर्ब घाटा भएको रिपोर्ट गरेको छ । यसको ७७७ एक्स विमानको ढिलो प्रमाणीकरणबाट भएको ठूलो थप लागतले यसको नतिजालाई तुलना गर्न बाध्य पारेको छ ।

एमिरेट्सले एलन मस्कको स्याटेलाइटबाट सञ्चालित नेटवर्क प्रयोग गर्न सुरु गर्ने बताएको एक दिन पछि फ्लाईदुबईले स्पेसएक्ससँग आफ्नो सेवामा स्टारलिङ्कको सेवालाई प्रयोग गर्न सम्झौतामा हस्ताक्षर गरेको छ । सोमबार फ्लाई दुबईको भगिनी एयरलाइन्स मानिने इमिरेट्सले मध्य पूर्वको सबैभन्दा ठूलो एयर शोमा ३८ अर्ब डलरको सम्झौतामा ६५ वटा बोइङ जेट अर्डर गरेको थियो । -रासस/एएफपी

प्रतिक्रिया