रूसी सेनाले पश्चिमी युक्रेनमा आक्रमण गर्दा २६ जनाको मृत्यु
नेपालखोज
२०८२ मंसिर ४ गते १०:५०

काठमाडाैं । पश्चिमी युक्रेनको टर्नोपिल शहरमा मंगलबार राति रूसी ड्रोन् र मिसाइल आक्रमण हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । भने दर्जनौँ मानिस बेपत्ता भएका छन् ।
मृतकमध्ये ३ जना बालबालिका रहेका छन् । युक्रेनका गृहमन्त्री इहोर क्लिमेन्कोका अनुसार आक्रमणपछि ३ बालबालिकासहित २६ जना बेपत्ता छन् र करिब १०० जना घाइते भएका छन् ।
रूसले एकै रातमा ४७६ ड्रोन् र ४८ मिसाइल प्रहार गरेको युक्रेनी अधिकारीहरूले बताएको रोयटर्सले जनाएको छ । आक्रमणका कारण देशका विभिन्न क्षेत्रमा ऊर्जा र यातायात संरचना क्षतिग्रस्त भएपछि आपत्कालीन विद्युत् कटौती गरिएको छ ।
टर्नोपिलमा रहेका आवासीय भवनका माथिल्ला तलाहरू पूर्ण रूपमा भत्किएका छन् ।
गृहमन्त्री क्लिमेन्कोले उद्धारकर्मीहरूले रातभर भग्नावशेष हटाउँदै सम्भावित जीवित व्यक्तिहरू खोजिरहेको बताए ।
सम्बन्धित








प्रतिक्रिया