आइतबार, पुष ६, २०८२

सिमरामा जेन-जीको प्रदर्शन, प्रशासनले आज पनि लगायो कर्फ्यू

नेपालखोज २०८२ मंसिर ४ गते १३:४८

काठमाडौं । बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय बाराले आज पनि कर्फ्यू आदेश जारी गरेको छ ।

सम्भावित जनधनको क्षति हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय बाराले आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

यसअघि बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजीहरूबीच झडप भएको थियो । झडपका कारण सिमरा बजार क्षेत्र तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया