आइतबार, पुष ६, २०८२

सुरक्षा परिषद् बैठक सिंहदरबारमा जारी

नेपालखोज २०८२ मंसिर ४ गते १५:५२

काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी छ ।

बुधबारदेखि बाराको सिमरा क्षेत्रमा सुरु भएको तनाव अझै साम्य नभएपछि प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद् बैठक बिहीबार सिंहदरबारमा जारी छ ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन बुधबार बारा जाने कार्यक्रम थियो ।

एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा हिजो जेनजी युवाहरूले तोडफोड गरेका थिए । त्यसपछि त्यहाँ कर्फ्यु आदेश जारी भएको छ । त्यो कर्फ्यु बिहीबार राति ८ बजेसम्मका लागि लम्ब्याइएको छ ।

हिजोदेखि सुरु तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको हो ।

प्रतिक्रिया