नेप्से परिसूचक सामान्य अंकले घट्याे, ४ अर्ब ६८ करोडको कारोबार
नेपालखोज
२०८२ मंसिर ४ गते १६:००

काठमाडौँ । बिहीबार सेयर बजारको परिसूचक नेप्से सामान्य अङ्कले घटेको छ । बजार परिसूचक ०.९३ अङ्क घटेर नेप्से २५६०.१५ अङ्कमा झरेको हो ।
आज बजारमा ४ अर्ब ६८ करोडको कारोबार भयो । बजारमा ११२ कम्पनीको मूल्य बढ्दा १३८ को घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर छ ।
आज समूहगत रुपमा सात समूहको सूचक बढ्दा सबैभन्दा धेरै वृद्धि होटल तथा पर्यटन समूहमा १.१६ प्रतिशतले भयो । अरू सबै समूहका एक प्रतिशत भन्दा कम मात्रै उतारचढाव भएको छ ।
सम्बन्धित








प्रतिक्रिया