आइतबार, पुष ६, २०८२

एनपीएल : लुम्बिनी लायन्सकाे विजयी सुरुवात, चितवन राइनोजलाई ६ विकेटले हरायाे

नेपालखोज २०८२ मंसिर ४ गते १९:४६

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेकाे छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै जित निकालेको हाे ।

चितवनले प्रस्तुत गरेको १४२ रनको मध्यम लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा गुलबद्दिन नैबले अविजित ४४ रन बनाए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।

यस्तै, कप्तान रोहितकुमार पौडेलले ४४ बलमा एक चौकासहित ३९ रन थपे । ८१–३ को स्थितिबाट यी दुईले चौथो विकेटका निम्ति ६० रनको साझेदारी गर्दै लुम्बिनीलाई जितसम्म पुर्‍याएका हुन् ।

प्रतिक्रिया