आइतबार, पुष ६, २०८२

नेपालगञ्जमा ‘इ-लाइब्रेरी’ बन्दै

नेपालखोज २०८२ मंसिर ६ गते १३:४९

नेपालगञ्ज । यहाँस्थित महेन्द्र पुस्तकालय ‘इ-लाइब्रेरी’का रुपमा रुपान्तरण हुने भएको छ । पुस्तकालयका अध्यक्ष बलराम यादवले निकट भविष्यमा पुस्तकालय सञ्चालन हुने बताए ।

रासससँग कुरा गर्दै अध्यक्ष यादवले प्रदेश तथा सङ्घीय सरकारसँग कम्प्युटर उपलब्ध गराउन माग पनि गरे । हाल पुस्तकालयमा तीन वटा कम्प्युटर छन् । इ-लाइब्रेरी सञ्चालनका लागि छ लाख आवश्यक भएको बताए ।

यसैबीच, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री आदेशकुमार अग्रवालले आगामी वर्षदेखि पुस्तकालयलाई उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पनि पुस्तकालयलाई नियमित रूपमा सहयोग गरिने बताए ।

शुक्रबार भएको पुस्तकालयको १८औँ अधिवेशनले यादवलाई पुनःअध्यक्ष चयन गरेको छ । यसैगरी, उपाध्यक्षमा पङ्कज श्रेष्ठ र कोषाध्यक्ष अजयकुमार टण्डन पनि पुनः निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया