शनिबार, पुष ५, २०८२

एनपीएल : जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

नेपालखोज २०८२ मंसिर ८ गते १५:२९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको छ । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ओभरमा सात विकेट गुमाएर १३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २६ रनमात्र बनाउन सक्यो ।

विराटनगरलाई जित दिलाउन बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ४ ओभरमा ११ खर्चेर सन्दीपले ४ विकेट लिए । सूर्य तामाङले २, मार्चेन डि लिंगेले र शिभम रन्जनेले एक/एक विकेट लिए ।

प्रतिक्रिया