४७ अंकले उकालो लाग्दा ७ अर्ब ३ करोडको शेयर किनबेच

काठमाडौं । नेप्सेको उच्च अंकको बृद्धिले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । नेप्से आज पुन ४७.२२ अंकले बढेर २६ सय ४७.४४ अंकमा पुगेको छ ।
नेप्सेमा आज ३३० वटा कम्पनीहरुको ७९ हजार ७१४ पटकको कारोबारमा १ करोड ४२ लाख चार हजार ३६२ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब तीन करोड ५४ लाख ८० हजार १३६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सबै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १८.९५ अंकले बढेर १३ सय ६४.११ अंकमा पुगेकोमा बिकास बैंक समूहको सूचक ६६.५ अंकले बढेर ५४ सय ८३ दशमलव शुन्य पाँच अंकमा चढेको छ ।
फाइनान्स समूहको सूचक पनि ३२.५३ अंकले बढेर २३ सय १३.२२ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक २७.२८ अंकले बढेर ३४ सय १८.८८ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक ६४४ दशमलव ९९ अंकले बढेर १३ हजार ६९९.९२ अंकमा पुगेकोमा निर्जीवन बिमा समूहको सूचक ३२१.१४ अंकले बढेर ११ हजार ५७.५४ अंकमा पुगेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा झापा इर्नर्जी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माबिलुङ इर्नर्जी लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।








प्रतिक्रिया