एनपीएल : कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम ४५ रनले विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ४५ रनको जित निकालेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो ।
सुदूरपश्चिमका कप्तान ऐरीले सर्वाधिक ३९ रन जोडे । उनले २८ बलमा एक चौका र दुई छक्का प्रहार गरे । दीपेन्द्रले ७३–५ को कठिन स्थितिबाट हर्मित सिंहसँग छैटौँ विकेटका निम्ति ३८ रनको साझेदारी गर्दै सुदूरपश्चिमको इनिङ सम्हालेका थिए ।
कर्णालीका कप्तान सोमपालले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले एक मेडन फ्याक्दै ३२ रनमात्र खर्चिए । नन्दन यादवले दुई विकेट लिए । मार्क वाट, विपीन शर्मा र युवराज खत्रीको नाममा समान एक विकेट रह्यो ।








प्रतिक्रिया