नेपालमा भिसा लिडरशिप कन्क्लेभ २०२५ मा ग्राहक उत्कृष्टतालाई सम्मानित गर्दै भिसा

काठमाडौं । विश्वको अग्रणी डिजिटल भुक्तानी कम्पनी भिसाले नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतालाई पुन पुष्टि गर्दै भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५ को आयोजना गरेको छ ।
कार्यक्रममा बैंकिंग तथा फिनटेक साझेदार, व्यापारी र भुक्तानी प्रोसेसर संस्थाहरूका वरिष्ठ अधिकारीहरू लगायत २०० भन्दा बढी सहभागी भएका थिए, जसले उद्योग जगतको उत्कृष्टता मनाउनुको साथै घरेलु तथा साना व्यवसायहरूलाई सशक्त बनाउने उद्देश्यले निर्मित भिसाको नवीनतम स्वीकार्यता ‘भिसा एक्सेप्टको पूर्वावलोकन गरे ।
काठमाडौं मारियट होटलमा आयोजित सो सम्मेलन सहयोग र ज्ञानको आदानप्रदानको एक मंच बनेको थियो, जसमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.सत्येन्द्र तिमिल्सिना जस्ता विशिष्ट अतिथिहरू उपस्थित थिए । भिसाको नेतृत्व टोलीमा बंगलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बिर अहमद, भारत र दक्षिण एशियाका लागि उत्पादन प्रमुख रामकृष्णन गोपालन साथै नेपाल व्यवसाय प्रमुख मनोज थापा समावेश थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना र प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरबमबहादुर मिश्रको सम्बोधन पछि पुरस्कार समारोह भएको थियो ।
पुरस्कार समारोहमा जुलाई २०२४ देखि जुन २०२५ सम्मका उपलब्धिहरूका लागि २० वटा श्रेणीहरूमा १३ विजेताहरूलाई सम्मान गरेको थियो । श्रेणीहरूमा उपभोक्ता डेबिट र क्रेडिट कार्ड, प्रिपेड कार्ड, व्यवसाय प्राप्त गर्ने, सीमापार भुक्तानी, सम्पर्करहित समाधान, व्यावसायिक कार्ड, फिनटेक साझेदारी, उत्पादन नवप्रवर्तन, र व्यापारी उत्कृष्टता समावेश थिए ।
भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५ ले साझेदारीलाई बढावा दिने र डिजिटल रूपमा सशक्त अर्थतन्त्रतर्फको नेपालको यात्रालाई गति दिने अत्याधुनिक समाधानहरू प्रदान गर्ने भिसाको प्रतिबद्धतालाई पुःन पुष्टि ग¥यो ।








प्रतिक्रिया