शनिबार, पुष ५, २०८२

इसेवाको ब्राण्ड प्रवद्धकको रुपमा रोहित पौडेलको निरन्तरता

नेपालखोज २०८२ मंसिर १० गते १७:०१

काठमाडौं । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवद्र्धकको रुपमानेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई यस वर्ष पनि पुन: अनुबन्ध गरेको छ ।

विगत दुई वर्षदेखि इसेवाको ब्राण्ड प्रवद्र्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताकोअवधि पुन: थप गरिएको हो । पुल्चोक ललितपुरमा अवस्थित इसेवाको प्रधान कार्यलयमा इसेवाकाप्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र रोहित कुमार पौडेलबीच सम्झौतापत्रमाहस्ताक्षर भएको थियो ।

ब्राण्ड प्रवद्र्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाईएउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए । इसेवाका सीइओ खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्वपूर्ण भूमिकानिभाइरहेका कप्तान रोहित कुमार पौडेलजस्ताप्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवद्र्धकका रूपमानिरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय हो बताए ।

साथै, २०२६ मा हुने टी-२० विश्वकपका लागिछनौट भएकोमा बधाई तथा नेपाल प्रिमियर लिगमा पनि उनलाई उत्कृष्ट प्रदर्शनका लागिशुभकामना दिए ।

प्रतिक्रिया