जितका लागि विराटनगरलाई चितवनले दियाे १७५ रनको लक्ष्य
नेपालखोज
२०८२ मंसिर १० गते १७:४५

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले विराटनगर किंग्सलाई जितका लागि १७५ रनको लक्ष्य दिएकाे छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७४ रनको योगफल खडा गरेकाे हाे । चितवनको लागि रवि बोपराले उत्कृष्ट ब्याटिङ गरे ।
चितवनका बोपाराले सर्वाधिक ६५ रन बनाए । बोपाराले ३८ बलमा तीन चौका र चार छक्का प्रहार गरे । एनपीएलको दोस्रो संस्करणमा बोपाराको यो लगातार तेस्रो अर्धशतक हो । बोपाराले यसअघि कर्णाली याक्स र लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाएका थिए ।
सम्बन्धित








प्रतिक्रिया