शनिबार, पुष ५, २०८२

वीरगंन्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

नेपालखोज २०८२ मंसिर ११ गते ७:२६

वीरगंन्ज (पर्सा) । वीरगंन्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।

वीरगंन्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ । -रासस

प्रतिक्रिया