डिसहोम गोको सफलता : भारतबाहेक संसारभर एनपीएल-२०२५ प्रसारण

काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) २०२५ को आधिकारिक OTT साझेदार DishHome (GO) ले उद्घाटन खेलमै दुई लाखभन्दा बढी कन्क्युरेन्ट भ्युवर्स आकर्षित गर्दै नेपाली डिजिटल प्रसारण क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। विश्वभर (भारत बाहेक) प्रत्यक्ष स्ट्रिमिङ उपलब्ध गराउने पहिलो नेपाली मोबाइल एपका रूपमा DishHome (GO) को क्षमता प्रभावशाली रूपमा प्रमाणित भएको छ।
उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाका बीचको रोमाञ्चक भिडन्त दुई लाखभन्दा बढी ‘कन्क्युरेन्ट भ्युवर्स’ ले प्रत्यक्ष हेरे, जुन नेपाली OTT उद्योगका लागि महत्वपूर्ण मोड बनेको छ। ‘कन्क्युरेन्ट भ्युवर्स’ भन्नाले एउटै समयमा प्रत्यक्ष प्रसारण हेरेका दर्शकहरूको संख्या जनाउँछ।
DishHome (GO) का इञ्जिनियर तथा अन्तर्राष्ट्रिय प्रविधिक साझेदारहरूको लगातार प्रयासपछि पहिलो दिनकै अन्त्यसम्म धेरै समस्या समाधान भए। दोस्रो दिनदेखि आइओएस् प्रयोगकर्ताहरूले पनि सहज रूपमा Season Pass खरिद गरी खेल हेर्न सक्ने अवस्था आएको थियो।
दोस्रो र तेस्रो दिनका खेलमा लगभग सबै प्राविधिक चुनौतीहरू समाधान भइसकेपछि, हजारौँ प्रयोगकर्ताको सदस्यता अनुरोध प्रणालीबाट एकैपटक सक्रिय गरिएको कम्पनीले जनाएको छ। साथै दोहोरो भुक्तानी भएका प्रयोगकर्ताहरूका रकम फिर्ता (Refund) गर्ने प्रक्रिया सुरु गरिएको छ।
बुधबारबाट खल्ती र इसेवा मार्फत NPL Season Pass को भौचर खरिद सुविधा उपलब्ध गराउँदै थप सहजता प्रदान गरिएको छ। यी भौचरहरू नेपालभित्र मात्र प्रयोग गर्न मिल्नेछन्, र आवश्यक परे जति चाहिने भौचर खरिद गर्न सकिने हुँदा परिवार तथा साथीभाइसँग मिलेर सहज स्ट्रिमिङको सुविधा मिल्नेछ।
DishHome (GO) ले नेपालमा पहिलोपटक पूर्ण रूपमा मोबाइल एप मार्फत प्रत्यक्ष खेल प्रसारण गर्ने कम्पनीको रूपमा आफ्नो पहिचान मजबुत बनाएको छ। कम्पनीका आधिकारिक प्रवक्ताले प्रारम्भिक प्राविधिक समस्याले प्रयोगकर्तालाई परेको असुविधाप्रति क्षमायाचना गर्दै दोहोरिएको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरे।
DishHome (GO) अब नेपाली स्ट्रिमिङ क्षेत्रलाई विश्वस्तरमा उकास्दै अन्तर्राष्ट्रिय OTT सेवाहरूको सूचीमा आफ्नो स्थान विस्तार गर्दै अगाडि बढिरहेको छ।








प्रतिक्रिया